Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / मनोज गजुरेलले दोस्रो विवाह गरे लगत्तै मिना ढकालले लेखिन यस्तो स्टाटस-

मनोज गजुरेलले दोस्रो विवाह गरे लगत्तै मिना ढकालले लेखिन यस्तो स्टाटस-

हाँस्य कलाकार मनोज गजुरेलले मञ्जु पोखरेलसँग दोश्रो विवाह गरेका छन् । उनले बिहे गरेको केही समयपछि नै उनकी पुर्व श्रीमती मिना ढकालको असन्तुष्टी पोखेकी छन्।

मिनाले फेसवुक मार्फत आफ्नो असन्तुष्टी सार्वजनिक गरेकी हुन । उनले लेखेकी छिन्– ‘स्टप, स्टप, स्टप योर ननसेन्स, नोम मोर इन्वक्स प्लिज।’ उनको यो स्ट्याटसले पूर्वपति गजुरेललाई नै संकेत गरेको छ। तर, उनले नाम भने खुलाएकी छैनन् ।

तर, केही फेसवुक प्रयोगकर्ताले भने सकिएको सम्वन्धको पछाडि नलाग्न सुझाव दिएका छन् । त्यस्तै मिनाले चर्चित भाइरल म्यान मुकुन्द घिमिरेले पोष्ट गरेको स्टाटस पनि साझा गरेकी छन् ।गजुरेलले सोमबार बिहान नेपाल सरकारको न्याय सेवामा कार्यरत अधिकृत मन्जु पोखरेलसँग डोलेश्वर महादेवको मन्दिरमा विवाह गरेका हुन ।

उनले फेसवुक स्ट्याटस मार्फत विवाहको जानकारी गराएका छन् । गजुरेलले ०७४ माघ ९ गते मीना ढकालसँग सम्बन्ध विच्छेद भएको औपचारिक जानकारी गराएका थिए। मनोज र मिनाका १ छोरा र १ छोरी छन् । डिभोर्सका बेला छोरी आमासँग र छोरा बुवासँग बस्ने सहमति थियो ।

डिभोर्सपछि मिनाले श्रीमानबाट एक करोड २५ लाख रुपैयाँ प्राप्त गरेकी थिइन्, जसमध्ये ६० लाख रुपैयाँ छोरीको शिक्षादिक्षाका लागि भनिएको थियो । तर, ८ महिनापछि नै छोरी आमाबाट अलग भएर बुवासँगै बस्न थालिन् । छोरी फर्किए पनि उनका नाममा लगेको ६० लाख मिनाले नफर्काएको बताइएको छ ।

अहिले दुवै छोराछोरी मनोजसँगै बालकोटको घरमा बस्छन् । छोरा २३ वर्षका र छोरी १६ वर्षकी भइन् । मिना भने एक्लै बस्छिन् । उनी बानेश्वरमा बुटिक चलाइरहेकी छन् ।

Breaking: हास्यकलाकार मनोज गजुरेलले गरे बिवाह हास्यकलाकार मनोज गजुरेलले बिवाह गरेका छन । आफुले बिवाह गरेको जानकारी दिदै उनले भनेका छन् – आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले

कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो ।

यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो ।

एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं । एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आईपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियाैं ।हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।

सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !

कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।

बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ- कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला ।

सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ ।

त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद 🙏नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँकाे हार्दिक शुभकामना 🌷

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *