Thursday , October 28 2021
Breaking News
Home / प्रमुख समाचार / यी अभागी आमा जस्ले दशैको मुखमा आफ्ना २ छोरीलाई गुमाईन

यी अभागी आमा जस्ले दशैको मुखमा आफ्ना २ छोरीलाई गुमाईन

काठमाडौ । दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीया सुजा चौधरी बिएससी नर्सिङ चौथो वर्षमा अध्यनरत थिइन्। उनकी बहिनी २० वर्षीया लिजा पनि कान्तिपुर डेन्टल कलेजमा बिडिएस पढ्दै थिइन्। घान्द्रुक दुर्घटनामा उनीहरू दिदीबहिनी नै परे।

आमा पार्वती र बुबा बाबुरामका सन्तान यी दुई छोरी मात्र हुन्। दुर्घटना भएको खबर पाउनासाथ उनीहरू हेलिकप्टर चार्टर गरेर पोखरा झरे। दुर्घटनामा दुवै छोरी गुमाएको आमा पार्वतीलाई थाहा थिएन। छोरी दुर्घटनामा परेको खबरले मात्रै पनि उनी आत्तिएकी थिइन्। अस्पतालको आकस्मिक कक्षअगाडि असह्य पीडा पोखिरहेकी थिइन्।

होनाहार दुई छोरीले कोख रित्तो बनाएर गएपछि बाबुराम र पार्वतीले अस्प्तालमा आफुलाई सम्हाल्न सकेनन् । २४ वर्षीया सुजा र २० वर्षीया लिजाका बुबाआमा बाबुराम र पार्वती चौधरी हुन् । दिल्लीमा एक महिना बसेर असोज १९ मा पार्वती काठमाडौं फर्किएकी थिइन्। उनलाई क्या न्स र देखिएपछि छोरीहरूले निकै भरोसा दिन्थे । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको दुई छोरीको शव देखेपछि बाबुरामले श्रीमतीलाई सम्झाउन सकेनन्। पार्वती अचेत जस्तै भइन्।

‘दुईवटै छोरी जन्मिँदा मेरो कोख दुखेन,’ अस्पताल परिसरमा चि च्या उँदै उनले भनिन्, ‘अहिले मेरो शरीर सबै छि या छि या भएको छ।’ दुई छोरीले नै बुबा र आमालाई झ ग डा नगर्न प्रतिज्ञा गर्न भन्थे। पार्वतीले मान्ने थिइनन्। बरु झ ग डा गरेन भने घर चल्दैन भन्थिन्। उनले नयाँ फोन किन्दिन छोरीसँग गरेको वाचा सम्झिइन। भनिन्, ‘आऊ छोरी अब म प्रमिस गर्छु, बुबासँग कहिल्यै डि स्क स गर्दिनँ।’

‘जन्माउँदा मेरो कोख दुखेन, हाँसीहाँसी दुवै छोरी जन्माएकी थिएँ,’ पार्वती एक्लै बर्बराउँदै थिइन्, ‘आज मेरो शरीर भ’तभ’ती पोलेको छ। मेरी डाक्टर छोरी, आऊ छोरी म तिम्रो हात चुम्छु।’ पार्वती क्यान्सर रोगी छिन्। उनको उपचारमा पनि नर्सिङ पढ्दै गरेकी छोरी सुजा खटिएकी थिइन्।

पार्वतीको घर चितवनको सौराहा हो। तर लामो समयदेखि काठमाडौं बस्न थालेकी थिइन्। उनीहरू कपडाको व्यापार गर्छन्। व्यापार क्रममा एक महिनाअघि भारत गएका थिए। नेपाल फर्केको जम्मा दुई साता भएको रहेछ।

‘म नेपाल आउँदा वेलकम ममी भनेका थियौ। सपिङ गर्दिनू, हामी घुम्न जान्छौं भनेका थियौ। सपिङ गरिदिएँ, आज तिमी कहाँ छौ छोरी,’ बेहोसीमै पार्वतीले भनिन्। आमा पार्वतीले श्रीमान बाबुरामलाई बारम्बार गुनासो गरिरहेकी थिइन्। छोरीहरूसँग घुम्न जान पार्वतीले आग्रह गरेकी रहिछन्। उनले श्रीमानलाई भनिन्, ‘मैले भनेथेँ नि तपाईंलाई, छोरीहरूको गार्जियन, सँगै जानु भनेर…।’

सोमवार कास्कीको पर्यटकीय गाउँ घान्द्रुक गइरहेको जीप मोदी खोलामा खसेर दुर्घटना हुँदा ८ जनाले ज्या न गु माए। उनीहरु सबैजसो काठमाडौंका रहेको पुष्टि भएको छ। उनीहरु सबै दसैं बिदामा घान्द्रुक घुम्न जाँदै थिए। एकै टोल र अधिकांश संगै पढ्ने साथीहरु थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र प्रहरी प्रमुख एसपी रमेश थापा घटनास्थल पुगेर मृतकहरुको पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाएका छन्। दुर्घटनामा घाइते २० वर्षीया देविका घिसिङलाई उपचारका लागि पोखरा पठाइएको छ। उनी भीरमा अड्किएर बाँचेकी हुन्। उनको नाक र बायाँ हातमा चोट छ। उनी काठमाडौं ३ गोंगबुकी बासिन्दा हुन्।

About admin

Check Also

दुखद खबर- भारी वर्षापछि आएको पहिरोमा पुरिएर १७ जनाको मृत्यु, थप बिबरणसहित

काठमाडौँ । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *