Monday , December 6 2021
Breaking News
Home / मनोरंजन / गायक रामजी खाँडले बनाए राजधानीमै ५ करोडको घर ( भिडियो हेर्नुहोस् )

गायक रामजी खाँडले बनाए राजधानीमै ५ करोडको घर ( भिडियो हेर्नुहोस् )

लोकप्रिय लोकदोहोरी गायक रामजी खाँडले काठमाडौंमा आफ्नै घर बनाएका छन।झन्डै २ दशक लामो संगीत यात्रामा लागिरहेका रामजीले आफ्नो ठुलो सपना पुरा गरेका हुन्। राजधानीमा ८ सय बोकेर श्रीमती सहित जागिर खोज्न आएका

रामजीको निकै कहालीलाग्दो जीवन कहानी रहेको छ।सबै संग मिल्ने र सबैको प्रिय बनेका रामजी आफुलाई सरल गायक भनेर चिनाएका छन।यति मात्रै हैन एक संस्कारी गायकको रुपमा रहेका रामजीले दोहोरी क्षेत्रलाई एकलौटी बनाएर आम नेपालीको मन जितेका थिए।

आज भन्दा झन्डै २० बर्ष अगाडी राजधानीमा आएका रामजीले सुरुमा दोहोरी साँझमा काम गर्थे भने सानो कोठामा भाडा तिरेर बस्ने गर्दथे, श्रीमती सहित आएका रामजीको २ सन्तान जन्मिए त्यस पछि त् झन् मुस्किल भयो जीवन चलाउन,थोरै तलब पाउने र त्यहि पैसाले परिवार देखि सबै जिम्मेवारी बहन गर्नु पर्ने भएको कारण

उनलाई बच्न पनि मुस्किल होला भन्ने चिन्ता बढ्यो र अन्तत कलाकारिता त्यागेर विदेश जाने निर्णय गरे। विदेशको अन्तिम तयारीमा रहेका खाडले अन्तिम गीत गरेर बाहिरिने सोचे, एता नया सन्तानको आगमन उता नया गीतको सोच र अर्को तिर विदेश यात्राको तयारी एकै पटक हुदै गर्दा रामजीलाइ सकस थियो

तर उनले ऋण गरेरै गीत गरे त्यहि गीतले उनको जीवन बदलिदियो। देउरालीको भट्टी पसल गीतबाट रामजी खाड बिदेशिनबाट जोगिएका हुन्।उनले हाल ५ करोड बराबरको आफ्नै घर बनाएका हुन्। राजधानीको सीतापाइलाबाट केहि भित्र उनको आफ्नै घर छ।उनले भर्खरै घर बनाएर सरेका हुन्। उनि बिगत सम्झेर भाबुक समेत भए,

सुरुमा तरकारी किन्ने पैसा न भएर सधै गाउँबाट ल्याइएको गुन्द्रुकको झोल खाएको देखि आफुले कपडा किन्नको लागि दाईजो पाइएको सुन बेचेर लगाइएको सम्मको बिगत सम्झिदा उनि भाबुक भएका हुन्।

धेरै संघर्षले जन्मिएका रामजीका झन्डै ५ हजार बढी गीत छन। उनको घरमा पुग्दा प्रमाणपत्रको चाङ्ग थियो भने सबैतिर सम्मान पाइएको तस्बिर थियो। भिडियो

About admin

Check Also

बिहे नहुँदै विक्की कौशलले दिए कट्रिनाकी आमालाइ यति ठुलो उपहार

विक्की कौशल र कट्रिना कैफको विवाह यतिबेला चर्चामा छ । यो जोडीले विवाह गर्न लागेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *