Monday , December 6 2021
Breaking News
Home / रोचक / कहिलेकाही टिकटक बनाउने छोरीको फोटो आएपछि पो थाहा भो छोरी त वयश्क फिल्मकी स्टार

कहिलेकाही टिकटक बनाउने छोरीको फोटो आएपछि पो थाहा भो छोरी त वयश्क फिल्मकी स्टार

काठमाडौ । आमालाई छोरीको सबैभन्दा नजिकको व्यक्ति मानिन्छ । आमा छोरी साथी–साथीपनि बनेर हिँडिरहेका हुन्छन् । तर, अमेरिकाका टेक्सासमा एक आमालाई त्यतिबेला गहिरो धक्का लाग्यो जब उनले एउटा म्यागजिनको कभरमा आफ्नी छोरीको पहिलो पटक वयश्कले मात्र हेर्न मिल्ने तस्वीर देखिन् । त्यतिबेला मात्रै उनलाई आफ्नी छोरी त वयश्क चलचित्रहरुकी स्टार पो भइसकेको थाहा भयो ।

ती इसाइ मोडलले बताएअनुसार उनकी आमाले उनको गोप्य यो करिअरको जानकारी एउटा म्यागजिनको अगाडिको कभरमा छापिएको तस्वीर देखेपछि पाइन् । उनी अचम्ममा परिन । कहिलेकाही टिकटक भिडियो बनाउन हिँडेकी भन्दै बाहिर निस्किने छोरी त उमेर पुगेकाहरुले मात्र हेर्न मिल्ने भिडियोमापनि देखिएकी रहिछन् । उक्त स्टारको नाम एडिसन सिन्स हो ।

यी मोडलका अनुसार उनको समुदायले उनको यो कामबारे थाहा पाएपछि उनलाई धार्मिक समुदायबाटै निष्काशित गरियो । यी मोडलले १९ वर्षको उमेरमा घर र परिवारबाट बाहिर निस्केर यस्ता फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । डेली मिररमा प्रकाशित रिपोर्टअनुसार यी मोडल केही समयसम्म आफ्नो कामलाई परिवारबाट गुप्त राख्न सफल भएकी थिइन् ।

तर, उनकी आमाले एक म्यागजिनको कभरमा उनको देख्न नसक्ने तस्वीर देखेपछि भने यो सबैको पोल खुल्यो । एडिसनका अनुसार त्यो उनको पहिलो कभर फोटोसुट थियो । उत्साहमा उनले म्यागजिनको एक प्रति पठाउनको लागि आफ्नो घरकै ठेगाना दिइन् जहाँ उनका मातापिता पनि बस्थे । एडिसनका अनुसार उनकी आमाले खाम खोलेर म्यागजिनको कभरमा उनको फोटो देखेपछि घरमा प्रलय आएको थियो । एडिसनको पालनपोषण सेलिना नामको सानो सहरमा निकै धार्मिक समुदायको आश्रय भएको स्थानमा भएको थियो ।

उनीहरु हरेक आइतबार र बुधबार चर्च जान्थे । हरेक रात पारिवारिक डिनर गर्थे । एडिसनलाई सेलफोन र मेकअप गर्ने अनुमति थिएन । उनी साथीहरुसँग बाहिर जान सक्दिनथिन् । एडिसनका अनुसार उनले केवल १९ वर्षको उमेरमा एक किशोरीको रुपमा विद्रोह गरेकी थिइन् किनकि उनी साथीहरुसँग मदिरा पिउनको लागि बाहिर जान चाहन्थिन् ।

एडिसनका अनुसार वयश्क फिल्म बनाउन सुरु गर्नुभन्दा पहिले उनले केवल एक युवकसँग मात्र सम्बन्ध राखेकी थिइन् र त्यस क्रममा उनी कत्ति पनि आत्तिएकी थिइनन् किनकि उनी यसको लागि प्रतिक्षा गर्न सक्दिनथिन् ।

About admin

Check Also

दिदी भिनाजुको झगडा मिलाउन साली अघी सर्दा…

काठमाडाैँ । एक भिनाजुले सालीमाथि कुटपिट गरेका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका -५ गेटाका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *