Monday , December 6 2021
Breaking News
Home / रोचक / काठमाडौंको टोखामा बस्ने यी ३५ बर्षिय महिलाले गरिन कसैले पत्याउनै नसक्ने काम ! प्रहरीले समातेपछि खुल्यो यस्तो रहस्य

काठमाडौंको टोखामा बस्ने यी ३५ बर्षिय महिलाले गरिन कसैले पत्याउनै नसक्ने काम ! प्रहरीले समातेपछि खुल्यो यस्तो रहस्य

काठमाडौं – खातामा पर्याप्त रकम नभएको जानी जानी चेक दिएर ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका-५, बसुन्धारा बस्ने वर्ष ३५ की अप्सरा खातुन रहेकी छन्।

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सन् २०१८ अक्टोबर १२ मा नबिल बैंक लिमिटेडको चेक काटी दिएको प्रहरीले जनाएको छ।

बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७७ मंसिर १६ मा सात दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।

फरार रहेकी खातुनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले काठमाडौंको चुनीखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ।

About admin

Check Also

दिदी भिनाजुको झगडा मिलाउन साली अघी सर्दा…

काठमाडाैँ । एक भिनाजुले सालीमाथि कुटपिट गरेका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका -५ गेटाका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *