Monday , December 6 2021
Breaking News
Home / मनोरंजन / एलिजा गौतमले किनिन् आधा करोडको कार,आमाले दिइन उपहार,ऋषि धमलालाइ किन यस्तो भनिन? (भिडियो सहित)

एलिजा गौतमले किनिन् आधा करोडको कार,आमाले दिइन उपहार,ऋषि धमलालाइ किन यस्तो भनिन? (भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रकी नायिका एलिजा गौतमले आफ्नै सारथीको रुपमा नेक्सनको नया कार खरीद गरेकी छिन। सिप्रदी ट्रेडिङ प्रा. लि. को तर्फ बाट सिनियर सेल्स अफिसर अर्जुन प्रसाद उप्रेतीले नायिका एलिजा गौतम लाइ स्वागत सहित कारको साचो हस्तान्तरण गरेका थिए पछिल्लो समय प्राय कलाकारहरुले आफ्नै कार किन्ने होडबाजी चलिरहेको देखिन्छ त्यसै भित्र एलिजाले पनि आफ्नो सोक पुरा गर्न नया सवासी खरिद गरेकी हुन्।

केहि समय अगाडी उनि क्यानाडा बसेकी थिइन।भर्खरै नेपाल फर्किएकी एलिजाले आमा र आफु मिलेर ५० लाख पर्ने नेक्सनको नया कार खरिद गरेकी हुन्। पछिल्लो समय उनि म्युजिक भिडियोमा अझ चम्किएकी छिन।केहि समय अगाडी उनले आधि कपाल गीत गरेर यो क्षेत्रमा पाइला टेकेकी थिइन्।सबै भन्दा महँगो पारिश्रमिक लिएर चर्चामा आएकी एलिजाले निरन्तर म्युजिक भिडियो खेल्दै आइन,अकस्मात क्यानाडा पुगेकी एलिजा केको लागि गएकी हुन् भन्ने प्रश्न धेरै उठेको थियो।

उनि चर्चामा हुदै गर्दा झन्डै २ दर्जन म्युजिक भिडियो क्यान्सिल गरेर क्यानाडा पुगेकी थिईन।क्यानाडामा उनि आफ्नो आमा बुबा संग बस्दै काम गरिरहेकी थिइन्।एलिजाले आफुले कमाएको पैसा पनि अहिले खरिद गरेको कारमा खर्च गरेको बताईन।क्यानाडामा आफ्नै बाबाको होटलमा सघाउने गर्थिन एलिजा सोहि अनुरुप आफुले जगेर्ना गरेको पैसा र म्युजिक भिडियो खेलेर कमाएको पैसाले उक्त कार किनेको उनको भनाइ छ।

आफुलाई सधै ऋषि धमला को साथ् रहेको र हर समयमा आफ्नो काममा धमलाकै कारण यो ठाउँ आइपुगेको भन्दै एलिजाले आफ्नो रहरलाई श्रीमानको सपोर्टले झन् हौसला मिलेको बताएकी हुन्।कुराकानीकै क्रममा एलिजाले आफ्नी आमालाई धेरै सम्झिएकी थिइन।आमा संग अब संगै नया कारमा घुम्ने रहर रहेको समेत बताएकी छिन।
हेरौ उनि संग गरिएको यो बिशेष कुराकानी :

About admin

Check Also

बिहे नहुँदै विक्की कौशलले दिए कट्रिनाकी आमालाइ यति ठुलो उपहार

विक्की कौशल र कट्रिना कैफको विवाह यतिबेला चर्चामा छ । यो जोडीले विवाह गर्न लागेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *