Thursday , January 27 2022
Breaking News
Home / प्रमुख समाचार / अमेरिकामा गाडीको ठ’क्करबाट नेपाली महिला बर्षा खड्का प्रसाईको नि’धन

अमेरिकामा गाडीको ठ’क्करबाट नेपाली महिला बर्षा खड्का प्रसाईको नि’धन

अमेरिकामा गाडीको ठ’क्करबाट एक जना नेपाली महिलाको ज्यान गएको छ । अमेरिकाको मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा गाडीको ठ’क्करबाट ४० बर्षीया नेपाली महिला बर्षा खड्का प्रसाईको ज्यान गएको हो ।

सपर्स वे मा मेडिकल सेन्टर ड्राइभ पार गर्न लाग्दा प्रसाईलाई गाडीले ठ’क्कर दिएको थियो भने गाडी सहित घ’टनास्थलबाट फरार चालकलाई पछि प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटना सोमबार बेलुका ७ बजे भएको थियो ।तत्कालै नजिकको अस्पतालमा लगिएपनि अस्पतालले उनलाई मृ’त घोषणा गरेको थियो ।

नेपालमा झापाको बुद्धशान्ती गाउँपालिका स्थायी घर भएकी प्रसाई अमेरिकाको मेरिल्याण्डमा नै बस्दै आएकी थिइन् ।इन्टरनेशल अर्गनाइजेशन फर मा’इग्रेशन आईओएममा कार्यरत प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्तरगत अमेरिकामा काम गर्नका लागि आएकी थिइन् ।

सुरुमा अफगानिस्तानबाट आएका श’रणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा ख’टाइएको थियो ।उनको अवधि थप गरेर मार्चसम्मका लागि वासिंटन डिसीमा रहेको आईओएम मुख्यालयमा खटाइएको थियो । गतसातादेखिमात्र वासिंटन डिसीको मुख्यालयमा काम गर्न थालेको पारिवारिक श्रोतले जनाएको छ ।

प्रसाईलाई मेरिल्याण्डमा आफन्तकोमा बसेर घर फर्कने क्रममा ट्रेनबाट निस्केर बाटो क्र’स गर्नलाग्दा गाडीले ठ’क्कर दिएको हो ।अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिने जी भिसामा अमेरिकी आएकी बर्षा खड्का प्रसाईका श्रीमान मदन प्रसाई नेपालमै रहेका छन् ।

श’व नेपालमा नै पठाउने तयारी भइरहेको र भोलि फ्यु’नेरल हो’ममा लगिने पारिवारिक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोत अनुशार श’व नेपाल पठाउनका लागि मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले सहयोग गरिरहेका छन् ।आफ्नो कान्छो भाईको श्रीमतीको दु’र्घटनामा दु’खद नि’धन भएको खबरले आफूहरु स्त’ब्ध भएको न्युयोर्क निवासी मुकेश प्रसाईले बताए ।

About admin

Check Also

पाइलटको सनकका कारण घट्यो यस्तो अनौठो घटना !

काठमाडौं । नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको चौरजहारी उडान भर्ने अनुमति …

Leave a Reply

Your email address will not be published.