Thursday , January 27 2022
Breaking News
Home / रोचक / विद्यार्थी पोशाकमा मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? परिएला कारवाहीमा

विद्यार्थी पोशाकमा मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? परिएला कारवाहीमा

काठमाडौ । विद्यार्थी पोशाकमा मोटरसाइकल र अन्य सवारी साधन चलाउनेहरुलाई ट्राफिक प्रहरीले निगरानी राख्न थालेको छ । विराटनगरमा सवारी दुर्घटना बढेसँगै प्रदेश १ को ट्राफिक प्रहरीले कडाइ गर्न थालेको हो। विद्यार्थीले शैक्षिक पोसाकमा सवारी साधन हाँक्ने र उनीहरुसंग सवारी लाइसेन्स पनि नभएको देखिएको छ । विद्यार्थीले चलाएका सवारी साधन दुर्घटनामा पर्ने क्रम बढेको छ । त्यसरी बढ्दै गएको दुर्घटनालाई रोक्नलाई ट्राफिक प्रहरीले चेकजाँच र कारबाही तीव्र पारेको हो।

त्यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले प्रहरी नायव निरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरेको छ । विद्यार्थीले सबैभन्दा बढी चलाउने सवारी साधनमा मोटरसाइकल पर्छ। ठाउँ ठाउँमा चेक जाँच गरी स्कुल तथा कलेज पढ्ने विद्यार्थीहरुले मोटरसाइकललाई निगरानी राख्ने र कारवाही गरिने प्रहरीले जनाएको छ ।

‘लाइन्सेन्स प्राप्त नगरेका विद्यार्थीले सैक्षिक पोसाक लगाएर व्यस्त सडकमा तीव्र गतिमा मोटरसाइकल चलाउने गरेको पाइएको प्रहरीको भनाई छ । विराटनगरका क्याम्पस लगायतका अधिकांश शैक्षिक संस्थाले विद्यार्थीलाई सवारी साधन चलाउन रोक लगाएका छन्।

विराटनगरमा ट्राफिक प्रहरीले मंगलबारदेखि विद्यार्थी केन्द्रित कारबाहीलाई तीव्रता दिएको हो। तीन दिनको अवधिमा शैक्षिक पोसाक लगाउने विद्यार्थीले बिना लाइसेन्स कुदाएका एक सय २० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाहीसहित सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ ।

About admin

Check Also

आफ्नै श्रीमतीले सैनिक श्रीमानलाई भाउजुको यस्तो फोटो पठाएपछी…….

देउरानी जेठानीको सम्बन्ध दुई दिदीबहिनी जस्तै शुद्ध हुन्छ, जहाँ दुवैले एकअर्कालाई दिदीबहिनी मान्छन् । तर …

Leave a Reply

Your email address will not be published.