Thursday , January 27 2022
Breaking News
Home / राजनिति / ओलीसंग हारेका भिम रावल पनि भए बिजयी

ओलीसंग हारेका भिम रावल पनि भए बिजयी

नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय सदस्यमा ९०४ मत प्राप्त गरेका । उनले विजेता केन्द्रीय सदस्यहरुले प्राप्त गरेको मतभन्दा निकै कम मत प्राप्त गरेका छन् । एमाले निर्वाचन कमिटीका संयोजक विजय सुब्बाले रावल निर्वाचित भएको जानकारी दिएका थिए । तर, उनको निकै कम मतका बाबजुद निर्वाचित भएको सुनाउँदा त्रुटी देखिएको छ । जबकि ९०५ मत ल्याउने टंक कार्की पराजित भएको उनले पछि बताए ।

सुरुमा टंक कार्की विजयी भनेका उनले उक्त स्थानमा सूर्य ढुंगेल निर्वाचित भएको सुनाए । रावलले अध्यक्षमा २२३ मत प्राप्त गरेका थिए । अध्यक्षमा विजयी केपी शर्मा ओलीले १८४० मत प्राप्त गरेका थिए ।

तर विजयी भएका भीम रावलले शपथ ग्रहण गरेनन् । एमाले विधान अनुसार केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य दुवैमा उम्मेदवारी दिन मिल्ने व्यवस्था छ । सोही अनुरूप नेता रावल अध्यक्षमा हारे पनि केन्द्रीय सदस्यमा विजयी थिए ।

एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले रावलको नाम केन्द्रीय कमिटी सदस्यमा पढेका थिए । तर, रावलले केन्द्रीय कमिटीमा नबस्ने जानकारी दिएका छन् ।

उनले अध्यक्ष पदमा पराजित भएमा आफू केन्द्रीय सदस्यमा नबस्ने बताएका दिए । विधान अनुसार निर्वाचन समितिले उनको उम्मेदवारी स्वतः केन्द्रीय सदस्यमा पनि राखेको थियो । तर, रावले आफूले उम्मेदवारी नदिएको पदमा पनि राखेको भन्दै दिउँसो आपत्ति जनाएका थिए ।

About admin

Check Also

ओलीलाई चुनौती दिने भीम रावलले कति भोट ल्याउलान् ?

काठमाडौँ- नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएको …

Leave a Reply

Your email address will not be published.