Thursday , January 27 2022
Breaking News
Home / समाचार / ओमिक्रोनसँग विश्व डराउनु पर्देन : डब्लूएचओ

ओमिक्रोनसँग विश्व डराउनु पर्देन : डब्लूएचओ

काठमाडौं : कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग विश्व डराउनु पर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ। डब्लूएचओका वरिष्ठ वैज्ञानिक सौम्या स्वामिनाथनले एक वर्ष अघि नयाँ भेरियन्ट आएको भन्दा अहिले निकै फरक अवस्था रहेको बताइन्।​ डब्ल्यूएचओका वरिष्ठ वैज्ञानिक स्वामिनाथनले भनिन्, ‘हामी आत्तिने होइन, ओमिक्रोनविरुद्धको ल’डाईका लागि तयार र सतर्क हुन आवश्यक छ।’

हालसम्म ओमिक्रोन भेरियन्ट ४० वटा मुलुकमा फेला परेको छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले पहिलो पटक सो भेरियन्ट पत्ता लगाएका हुन्।

कोभिड–१९ बाट शरीरमा प्राप्त केही रोग प्रतिरोधात्मक क्षमतामा कमि आउने गरेको डब्लूएचओले उल्लेख गरेको छ। सो भेरियन्ट निकै संक्रामक रहेको वरिष्ठ वैज्ञानिक स्वामिनाथनले बताइन्। हाल विश्वका ९९ प्रतिशत भेरियन्ट हाल डेल्टाको संक्रमण रहेको बीबीसीले उल्लेख गरेको छ।

डब्लूएचओका निर्देशक माइक र्‍यानले हाल कोभिड–१९ विरुद्ध प्रयोग भईरहेका खोप निकै प्रभावकारी रहेको बताएको छन्। यद्यपि, अहिले नै खोपहरुले ओमिक्रोन भेरियन्ट विरुद्ध काम गर्ने नगर्ने बारे भने अध्ययन भईरहेको छ।

अन्य समाचार : भीम रावलले ओलीलाई भने : ‘म कु’टेजस्तो गर्छु तँ रोएजस्तो गर झैं नगर्नुस्’ काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले प्रभावकारी रुपमा संसद अवरुद्ध गर्न नसके जनताको आवाज उठाउन दिनुपर्ने बताएका छन् ।

दोस्रोपटक अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले पदबहालीका क्रममा २८ गते आह्वान गरिएको संसद अधिवेशनमा पार्टीबाट निष्काशन गरिएका माधव नेपाल समूह सांसद हैसियतमा उपस्थित भए अवरुद्ध गर्ने बताएका बेला नेता रावलले प्रभावकारी रुपमा अवरुद्ध गर्न सुझाएका हुन् ।

तर सरकारले काम गर्नेगरी अवरुद्ध गरेको कुनै औचित्य नहुने उनले उल्लेख गरेका छन् । यो म कु’टे जस्तो गर्छु तँ रोए जस्तो गर भनेझैं भएको रावलको भनाइ छ ।

‘संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै काम कारवाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन,’ उनले भनेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्‍यो । नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्‍यो । अन्यथा म कु’टे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ ।’

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published.